१६ कार्तिक २०८३, सोमबार | November 3, 2026

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज । कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति विस्तारामा सुतिरहेकै बेला सर्पले डस्यो । थापालाई सर्पले डसेको थाहा पाउनेबित्तिकै रातारात नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरियो । झुल लगाएर सुतेका थापालाई झुल बाहिरबाटै सर्पले टाउकोमा डसेको थियो । समयमै अस्पताल पुर्याएपछि उनको उपचारमा सहज भयो । एन्टी स्नेक…