काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न समसामयिक विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक आह्वान गरेको छ। बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बैठक बोलाइएको हो। बैठकमा केन्द्रीय महाधिवेशनको तयारी, सरकार सञ्चालन, संसदको चालू बर्खे अधिवेशनलगायत विषयमा विस्तृत छलफल हुने जनाइएको छ। रास्वपाका प्रवक्ता मनिष झा ले सबै केन्द्रीय समिति सदस्यलाई अनिवार्य…