६ श्रावण २०८३, बुधबार | July 22, 2026

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठकमा समितिको आगामी कार्यबारे छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ । कानुन, न्याय तथा मानव अधिकार समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भोलिका लागि बोलाइएको छ ।