नेपालगन्ज । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार सुरेश रजकप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले श्रद्धान्जली अर्पण गरेको छ । नेपालगन्जमा शनिबार श्रद्धाञ्जली सभा गर्दै रजक प्रति श्रद्धान्जली अर्पण गरेको हो । महासंघले नेपालगन्जको बिपी चोकमा आयोजना गरेको श्रद्धान्जली सहितको विरोधसभामा बाल्ने वक्ताहरुले लोकतन्त्रको बिकल्प लोकतन्त्र बाहेक अरु केही हुन नसक्ने बताए ।…