५ श्रावण २०८३, मंगलबार | July 21, 2026

आज अपरान्ह कांग्रेस र राप्रपाको आकस्मिक बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्। बुढानिलकण्ठस्थित निजी निवासमा देउवाले सो बैठक दिउँसो ४ः३० बजे बस्नेगरी बोलाएका हुन्।

सो बैठकमा तीनकुने, कोटेश्वर, बालकुमारी र जडिबुटी क्षेत्रमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शन तथा समसमायिक राजनीतिक बिषयमा छलफल हुने जनाइएको छ ।

उता तीनकुने भएको प्रदर्शन हिंस्रक भए पछि राप्रपाले पनि आकस्मिक केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ ।

समासमायिक राजनीतिक बिषय, तीनकुने घटना र पार्टीका महामन्त्रीलगायत पक्राउ परे पछि राप्रपाले केन्द्रिय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको हो । बैठक दिउँसो ३ः०० बजेवाट सुरू हुनेछ ।

गैरीगाउँ तीनकुने, कोटेश्वर, बालकुमारी, जडिबुटी, आलोकनगरलगायतमा राजावादीहरूले गरेको प्रदर्शन हिंस्रक बन्न जाँदा एकजना पत्रकारसहित २ जनाको ज्यान गुमे पछि राप्रपाले आकस्मिक रूपमा केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  २ : २० बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत