१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना हुँदा सातजनाको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा हेलिकोप्टर दुर्घटना भएको छ । हेलिकोप्टर दुर्घटनामा पाइलटसहित सातजनाको निधन भएको भारतको एनडीटीभीले जनाएको छ । हेलिकोप्टरमा सवार यात्रीहरू केदारनाथ मन्दिर दर्शनका लागि जाँदै गरेका थिए । एरियन एभिएशनको हेलिकोप्टर केदारनाथ धामबाट गुप्तकाशी जाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो । सो स्थान गौरीकुण्ड र सोनप्रयाग बीचमा पर्ने बताइएको छ ।…