१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

दक्षिण भारतमा ‘मङ्की फिवर’ का कारण २ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य कर्नाटकमा 'मङ्की फिवर' का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ । मृत्यु हुनेमा १८ वर्षीया युवती र ७९ वर्षीय पुरुष रहेका छन् । हाल राज्यमा जम्मा ४९ जनामा सो सङ्क्रमण देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । यो एक प्रकारको भाइरल हेमोरेजिक रोग हो…