पाल्पा । तानसेन तम्घास सडक खण्डको जोगीपानीमा आज भएको सवारी दुर्घटनाबाट एक दम्पत्ति घाइते भएका छन् । पाल्पा तानसेन ११ जोगीपानीमा भएको सवारी दुर्घटनाबाट गुलमी हुँगाका एक दम्पत्ति घाइते भएका हुन् । घाइते हुनेमा गुल्मी छत्रकोट १ हुँगा का ३८ वर्षिय प्रकाश पाण्डे र मोटरसाईकल पछाडि सवार मोटरसाईकल चालककी श्रीमती ३१ वर्षिया कमला पाण्डे रहेको…