४ श्रावण २०८२, आइतबार | July 20, 2025

धार्मिक पुष्पबाटिका बनाउन आयोजित धार्मिक अनुष्ठानबाट १३ लाख बढि बचत



खजुरा । नेपालमै पहिलो धार्मिक पुष्पबाटिका निर्माणको उद्देश्य सहित गरिएको धार्मिक अनुष्ठानबाट १३ लाख बढी बचत भएको छ । अनुष्ठानको मुख्य आयोजक शिबकालिका मन्दिर व्यवस्थापन समितिले आज दाताहरुको भेला बोलाएर आय ब्ययको विवरण सार्वजनिक गर्दै १३ लाख ३१ हजार ३४० अनुष्ठानबाट बचत भएको जानकारी दिएको हो ।

अनुष्ठानको आयब्यय प्रस्तुत गर्दै आर्थिक समितिका संयोजक केदार पाठकले अनुष्ठानबाट २६ लाख १२ हजार ६७ रुपैयाँ आम्दानी भइ १२ लाख ८० हजार ७२७ खर्च भएको बताए । पाठकले अनुष्ठानका क्रममा लक्ष्मीयन्त्र बिक्रिबाट ४ लाख ४७ हजार ४९०, स्वेच्छिक चन्दादाताबाट २१ लाख ३४ हजार ३४७ र दानपेटीबाट ३० हजार २३० संकलन भएको जानकारी दिए ।

बाँकेको खजुरामा रहेको स्थानीय शिवकालिका मन्दिरको जग्गा मध्य कम्तीमा १ बिगाहा जग्गामा धार्मिक बाटिका निर्माणको सहयोगार्थ धार्मिक महा अनुष्ठान गरिएको हो ।

आयोजकका अनुसार मन्दिरकै स्वामित्वमा रहेको जग्गा मध्य कम्तीमा एक बिगाहा जग्गामा बिभिन्न बनस्पती, जडिबुटी र पुष्पले सुसज्जित बाटिका बन्ने छ । बाटिक परिषरमै जेष्ठ नागरिकहरुका लागि बिश्राम स्थल, सत्संग भवन, ध्यान केन्द्र, जलक्रिडा स्थल, फूलवारी तथा धार्मिक कार्यस्थल निर्माण हुने छन् ।

नेपालगन्ज गुलरिया हुलाकी राजमार्गको खजुरा खण्डको नजिकै एक बिगाहा जग्गामा प्रस्तावित गरिएको धार्मिक बाटिका बनस्पति र जैविक बोट बिरुवा र पुष्यको अनुपम संगम बनाउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा बोल्दै महा अनुष्ठान संपादन समितिका संषेजक भक्तबहादुर केसीले बाटिका निर्माणको अभियान सुरु भएको र अव नरोकिने बताए । उनले अव दातृ निकाय, तीनै तहको सरकार र पर्यटन सम्बद्ध संस्थाहरुसँग समन्वय गरि धार्मिक बाटिका निर्माणमा लाग्नु पर्ने बताए ।

सोही अवसरमा अनुष्ठानका क्रममा महत्वपूर्ण योगदान गर्ने सहयोगी तथा चन्दा दाताहरुलाई सम्मान र प्रमाणपत्र वितरण गरिएको थियो ।

 

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ७ : ३९ बजे

जलजला जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत । मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

गलकोट । शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का विभिन्न पाँच समितिको बैठक आज बस्दैछ