४ चैत्र २०८२, बुधबार | March 18, 2026

नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौँ महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति

काठमाडौं । काठमाडौँ महानगरभित्रका नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौँ महानगरको निर्णयमा नेकपा (एमाले)ले आपत्ति जनाएको छ । एमाले काठमाडौँ जिल्ला कमिटीले आज पत्रकार सम्मेलन आयोजना गरी काठमाडौँ महानगरपालिका प्रमुखस्तरीय निर्णयानुसार महानगरपालिका क्षेत्रभित्र नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनेर तोकेको दूरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने र…