१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

स्वमूल्यांकनमा उपमहानगरमध्येबाट बुटवल पहिलो



बुटवल । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजा अनुसार ११ वटा उपमहानगरपालिकामध्ये बुटवल उपमहानगरपालिका पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बुटवल उपमहानगरपालिकाले ८७ दशमलव ७५ अंक प्राप्त गरेर उपमहानगरपालिकाहरु मध्येबाट पहिलो भएको हो ।

आर्थिक बर्ष ७९/ ८० मा उक्त बुटबल पहिलो हुँदा हेटौंडा उपमहानगरपालिका ८६ दशमलव ५० अंक सहित दोश्रो, घोराही उपमहानगरपालिका ८५ दशमलव २५ अंकसहित तेश्रो बनेको छ ।

शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तिय एव आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन र सहकार्य र समन्वय लगायतका मापदण्डका आधारमा उपमहानगरहरुमा गरिएको मूल्यांकनमा बुटवल पहिलो भएको छ ।
यस्तै ८२ अंकसहित धनगढी उपमहानगरपालिका चौंथो स्थानमा रहेको छ भने कलैया उपमहानगरपालिका ८१ दशमलव ५५ अंकसहित पाँचौ स्थानमा रहेको छ ।
७९ दशमलव २५ अंकसहित इटहरी उपमहानगरपालिका छैंटौं स्थानमा रहँदा ७६ अंकसहित तुल्सीपुर सातौं स्थानमा रहेको छ ।

आठौं स्थानमा रहेको धरान उपमहानगरपालिकाले ७० दशमलव ७५ अंक प्राप्त गरेको छ भने नवौं स्थानमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाले ६४ दशमलव ६५ अंक प्राप्त गरेको छ ।

यस्तै दशौं स्थानमा जितपुर सीमरा उपमहानगरपालिका रहेको छ । उक्त पालिकाले ६४ दशमलव ५० अंक प्राप्त गर्दा उपमहानगरपालिकामध्ये सबैभन्दा कमजोर जनकपुर उपमहानरपालिकाको देखिएको छ । जनकपूरले ५९ दशलमव ५० अंक पाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ५ : २० बजे

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका-१० चानेमा गएको पहिरोका कारण पाँच

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । आज बिहानका

काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए

झापा । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक