७ आश्विन २०८३, बुधबार | September 23, 2026

सहरमा बस्नेले गाउँमा लगानी गरेर साना तथा मझौला उद्योग सञ्चालन गरौ : मन्त्री पन्थी



बुटवल । बिष्णु प्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको छैठौं साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ।

अधिबेशनको उदघाटन गर्दे लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रि दिनेश पन्थीले गाउँबाट बिभिन्न पेसा ब्यवसाय गर्न सहरमा बस्नेले गाउँमा आफुले सिकेको शीप लगानी गरेर साना तथा मझौला उद्योग सञ्चालन गर्न सुझाब दिए । उनले आफनो जन्म भूमिप्रति माया गरेर त्यस ठाउँबाट पलाएन हुने जनशक्तिलाई गाउँमै रोजगारी दिएर बस्ने बाताबरण बनाउनु पर्ने बताए । परम्परागत सैलिमा सञ्चालन भएको हाम्रा संस्कृतिहरूलाई पश्चिमेली संस्कृतितर्फ नढाल्न उनले आग्रह गरे ।

अधिवेशनमा मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँबरले आफनो जन्मथलो लाई उचाईमा पुराउन सम्पर्क समाजको महत्वपुर्ण भुमिका रहने बताए । आफुहरु सम्पर्क समाजसँग सहकार्य गरेर बिकास तथा अन्य काममा अघि बढने बताए ।

कार्यक्रममा मदाने गाउँपालिका उपाध्यक्ष सरिता खडका, वडा नं ७ का वडा अध्यक्ष सन्तोष केसी, नेपाल कर्मचारी युनियनका केन्द्रिय सदस्य नबिन पन्थी, गुल्मी मदाने सम्पर्क समाजका अध्यक्ष अर्जुन कुबँरलगायतले आफनो गाउँ समाजको बिकासका लागी सबै सधै हातेमालो गर्नुपर्ने बताएका थिए ।

भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको छैठौं साधारण सभा तथा चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा बिष्णु प्रसाद घिमिरे, बरिष्ठ उपाध्यक्षमा शाबित्रा देवी पन्थी, प्रथम उपाध्यक्षमा बिष्णु हरि पन्थी, द्धतिय उपाध्यक्षमा भोजराज जीसी, तृतिय उपाध्यक्ष प्रकाश पन्थी, महासचिवमा पदम जिसी, सचिवमा चिन्तामणि पन्थी, कोषाध्यक्षमा मीनराज पन्थी सहकोषाध्यक्षमा कमला केसी रहेका छन ।

त्यस्तै सदस्यहरुमा गोपाल भन्डारी, मिन प्रसाद पौडेल, जगत चन्द तुल्सीराम पन्थी कमल पन्थी,मिलन पन्थी,कमला पौडेल,नारायण प्रसाद पौडेल,टंक पन्थी र झबिन्द्र पन्थी रहेको निर्वाचन समितिका सदस्य भोजबहादुर केसीले बताए ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  ९ : ३१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११