नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर आज दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए । पोखरीमा डुबेका करिब १३/१४ वर्षका दुई बालकको सनाखत हुनसकेको छैन । इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोली केहीबेर अघिमात्रै घटनास्थलमा पुगेको छ ।…