८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

लुम्बिनी प्रदेश सरकारका पूर्व कृषि मन्त्री विजय यादव पक्राउ



नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका पूर्व कृषि मन्त्री एवं एमाले नेता विजय यादवलाई प्रहरीले पक्राउ गरेको छ । बैङ्किङ कसुर मुद्दामा पूर्व कृषि मन्त्री यादवलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले एमाले नेता तथा पूर्व प्रदेश कृषि मन्त्री यादवलाई डूडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको हो ।

रुपन्देही जिल्ला अदालतले बैङ्किङ कसुर मुद्दामा यादवको नाममा पक्राउ पुर्जी जारी भएअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाइएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । उनले बैंकिङ कसुर अन्तर्गत रुपन्देही प्रहरीको पुर्जीका आधारमा यादवलाई पक्राउ गरिएको र मुद्दाको बिस्तृत विवरण आफुलाई पनि थाहा नभएको उनले बताए ।

उता रुपन्देही प्रहरी प्रवक्ता श्यामु अर्यालले आफुलाई पक्राउ सम्बन्धमा आफुलाई जानकारी नभएको बताए ।

कांग्रेसबाट राजनीति सुरु गरेका यादवले अघिल्लो चुनावमा टिकट नपाए पछि जसपामा प्रवेश गरेका थिए । जसपाले माओवादीसंग गठबन्धनगरि पछिल्लो चुनावमा टिकट नपाउने निश्चित भएपछि भने उनी एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ९ : ४५ बजे

बाढी बस्तीमा पस्दा बाजुरामा १३ परिवार विस्थापित

काठमाडौं । अविरल वर्षापछि आएको बाढी बस्तीमा पस्दा बाजुराको बडिमालिका

प्रधानमन्त्री शाहले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल

काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका

नेपाली बजारमा बेलायतको नथिङ ब्राण्डको नया स्मार्टफोन

बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङको नयाँ स्मार्टफोन ‘नथिङ