बुटवल । बुटवल–बेलहिया व्यापारिक सडकअन्तरगत बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको अनुगमन गर्न बनेको समितिको बैठकले सडक विस्तारको कतिपय कामहरु समिति आफैले गर्ने निर्णय गरेको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा समितिका संयोजक टेकराज पन्थीको अध्यक्षतामा बसेको बैठकले चौराहादेखि गोलपार्कसम्म सडक निर्माण गर्ने क्रममा सडकको दायाँबायाँ निर्माणाधीन नालाको ढक्कन समितिबाटै गर्ने निर्णय गरेको…