झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका-४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यको आज यहाँ शुभारम्भ गरेका छन । साबिक महारानीझोडा गाविसका चार हजार घरधुरीका करिब आठ हजार कित्ता जग्गाको नापी प्रमाणित नभएका कारण लामो समयदेखि समस्या झेलिरहेका स्थानीयवासीले नेपाल सरकारको पछिल्लो निणर्यसँगै जग्गा प्राप्त गर्न लागेका हुन् । वर्तमान सरकारले…