काठमाडौं । सङ्घीय मन्त्रालय र विभिन्न निकायका प्रवक्ताहरूले स्रोतसाधनको अभावमा सूचना प्रवाहमा चुनौती खेप्नु परेको गुनासो गरेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र सचिव राधिका अर्यालको उपस्थितिमा आज मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनीहरूले प्रवक्ताको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिका, २०६३ समयानुकूल संशोधन गरी सूचना प्रवाहलाई सहज बनाउन आग्रह गरे । त्रैमासिक…