२४ भदौ २०८३, बुधबार | September 9, 2026

एनपीएल : लगातार चौथो जितबाट चुक्यो सुदूरपश्चिम, चितवनसँग ३३ रनले पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको तेह्रौँ भिडन्तमा चितवन राइनोजले बाजी मारेको छ ।

चितवनले बलियो प्रतिद्वन्द्वी सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराउन सफल भएको हो । यससँगै सुदूरपश्चिमको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

चितवनसँगको हारले सुदूरपश्चिम लगातार चौथो जित निकाल्न पनि चुकेको छ । कीर्तिपुर मैदानमा आइतबार खेलमा फितलो ब्याटिङका सुदूरपश्चिम मध्यम लक्ष्य भेट्टाउन असफल भयो ।

१६४ रनको लक्ष्य पछ्याउको सुदूरपश्चिमले १३१ रनको अवस्थमा १८ दशमलव २ ओभरमा नै सबै विकेट गुमायो ।

आजको खेलमा सुदूरपश्चिमका ब्याटरहरुको प्रस्तुति सम्झनलायक रहेन । इशान पाण्डेले टीमका लागि सर्वाधिक ३५ रन जोडे । २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । उनी अमर राटौलाको बलमा दीपक बोहोराबाट क्याच हुँदै आउट भएका हुन् ।

बलिङतर्फ चितवनका अमर, कप्तान कुशल मल्ल, जान निकोल लोफ्टी इटन र रिजन ढकाले समान २/२ विकेट लिए । सोहल तनवीरको नाममा १ विकेट रह्यो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ४ : ३९ बजे

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु