७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रेस युनियनका बिद्रोही उम्मेदवार विष्ट विपक्षी गठबन्धन दल निकट पत्रकारहरुका साझा उम्मेदवार



काठमाडौं । मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्षका उम्मेदवार रमेश विष्टसहितको प्यानल घोषणा भएको छ । विष्टलाई प्रेस सेन्टर, समाजवादीपत्रकार संगठन लगायत ६ वटा संस्थाले समर्थन गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लबमा एक कार्यक्रम गर्दै सयुक्त प्यानलले उम्मेदवारसहित प्रतिबद्धता पत्रपनि सार्वजनिक गरेका छन् । प्रेस सेन्टरबाट अध्यक्ष पदमा उम्मेदवार दिएका कमल गिरीले निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी फिर्ता लिदैं विष्टलाई समर्थन गरेका हुन । नेपाल प्रेस युनियनले प्रेस चौतारी नेपाललाई अध्यक्ष पदको उम्मेदवारी सुम्पिए पछि असन्तुष्टि जनाउँदै विष्टले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी फिर्ताको निर्णयबारे रिपोर्टर्स क्लबमा बोल्दै गिरीले सक्षम, योग्य र अनुभवीउम्मेदवार भएकाले विष्टलाई समर्थन गरेको बताए । उनले विष्टलाई विजयी गराउन आफु र समर्थन गर्ने संगठनहरु सक्रियभएर अघि बढ्ने बताए । उम्मेदवारी फिर्ता लिएर समर्थन गरेकोमा विष्टले सबैलाई धन्यवाद दिए ।

यस्तो छ प्यानल ः विष्ट प्यानलबाट बरिष्ठ उपाध्यक्षमा रोशन पुरी, उपाध्यक्ष (महिला)गंगापौडेल (बराल), समावेशी उपाध्यक्षमा सुभाष प्रसाद साह र महासचिवमा लेखनाथ न्यौपाने उम्मेदवार छन् ।

त्यसैगरि खुला (सचिव)मा उत्तरसिंह विष्ट, मधेसी सचिवमा श्रीजन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिव मा वसन्त विक, आदिवासीजनजातिमा भिषण राई, एशोसियट सचिवमा विकास कार्की र कोषाध्यक्षमा रामकृष्ण अधिकारी उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ९ : २८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११