काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको सेवा विस्तारमा पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अस्पतालको आज यहाँ आयोजित १७औँ वार्षिक साधारणसभामा उनले जननेता बिपी कोइरालाका नाममा अन्य स्थानमा पनि अस्पताल स्थापनाको प्रयास गर्ने बताए । “सहकारी संस्थाका रुपमा स्थापना भएको अस्पतालमा शेयर होल्डर र…