नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयको जमुनाह नाकास्थित यात्रु आगमन कक्षमा ‘लगेज स्क्यानर मेसिन’ नहुँदा मालसमान जाँचपासमा समस्या हुने गरेको छ । भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउनका लागि नेपाल–भारत सीमा क्षेत्र जमुनाहा नाकास्थित यात्रु आगमन कक्षमा राखिएको ‘लगेज स्क्यानर मेसिन’ छ वर्षदेखि बिग्रिएर थन्किएपछि भन्सार कर्मचारीले हातैले मालसामान छामेर जाँच गर्नुपर्ने बाध्यता रहेको छ ।…