५ श्रावण २०८३, मंगलबार | July 22, 2026

नेपालगन्ज भन्सारमा स्क्यानर मेसिन नहुँदा समस्या



नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयको जमुनाह नाकास्थित यात्रु आगमन कक्षमा ‘लगेज स्क्यानर मेसिन’ नहुँदा मालसमान जाँचपासमा समस्या हुने गरेको छ ।

भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउनका लागि नेपाल–भारत सीमा क्षेत्र जमुनाहा नाकास्थित यात्रु आगमन कक्षमा राखिएको ‘लगेज स्क्यानर मेसिन’ छ वर्षदेखि बिग्रिएर थन्किएपछि भन्सार कर्मचारीले हातैले मालसामान छामेर जाँच गर्नुपर्ने बाध्यता रहेको छ ।

अन्तर्राष्ट्रिय सीमा नाकाको संवेदनशीलतालाई बुझेर भन्सार परीक्षणलाई पारदर्शी, सरल तथा सहजता दिनका लागि भन्दै भन्सार विभागले २०७४ सालमा नेपालगन्ज भन्सार कार्यालयलाई लगेज स्क्यानर मेसिन खरिद गरी पठाएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।

लम्सालका अनुसार, उक्त मेसिन जमुनाहा नाकास्थित भन्सार कार्यालयको यात्रु आगमन कक्षमा लगेर राखेको दुई वर्षपछि उक्त मेसिन बिग्रिएको थियो । हालसम्म पनि मर्मत गरिएको छैन । दैनिक हजारौँको सङ्ख्यामा सर्वसाधारण यात्रु नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ पैदल आउँजाउँ गर्ने उक्त नाकामा मेसिन बिग्रिँदा भन्सार कर्मचारी र सुरक्षाकर्मीले सामान हातैले छामछुम पार्दै जाँच गर्ने गरेका छन् ।

नेपालबाट भारततर्फ जाने सर्वसाधारणका लागि सीमावर्ती भारतीय नाका रूपैडिहामा भारतीयको ‘एसएसबी’ ले राखेको स्क्यानरमा मालसामान जाँच गराउने व्यवस्था छ । एसएसबीले मालसमानको मात्र नभएर प्रत्येक व्यक्तिका लागि अलग्गै स्क्यानरको व्यवस्था गरेको छ । एकातिर मालसामानको स्क्यान हुन्छ भने अर्कोतिर व्यक्तिको स्क्यानिङ हुन्छ ।

मेसिन सञ्चालन नहुँदा सामान जाँचमा बढी समय लाग्दा गन्तव्यमा छिट्टै पुग्नुपर्ने बाध्यतामा रहेका यात्रुहरूले पनि झन्झट व्यहोर्नु परिरहेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले बताए । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बिग्रेको स्क्यानर मेसिनलाई मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन कठिन भएकोले नयाँ मेसिन खरिदको लागि पहल भइरहेको जानकारी दिए । पुरानो मेसिन मर्मतमा धेरै बजेट लाग्ने भएकोले नयाँ स्क्यानर मेसिन खरिद र यात्रु कक्षलाई सुधारका लागि भन्सार विभागमा जानकारी गराएको उनको भनाइ छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले लगेज स्क्यानर मेसिन सञ्चालन गरेर भन्सारमा कडाइ गर्न सके अवैध ओसारपसारमा कमी आउने बताए ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १० : २७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं