भैरहवा । जारी प्रधानमन्त्री (पीएम कप) पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित निकालेका छन् । सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लबले लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो…