पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई तेस्रो पटक अदालतमा म्याद थपका लागि उपस्थित गराएको छ । रवि सहित आज सोही प्रकरणको मुद्दामा हिरासतमा रहेका चार जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छविलाल जोशीसहित…