दार्चुला । सरकारले दार्चुलाको त्रिदेशीय सीमा तिङ्करमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेपछि जिल्लावासी खुसी भएका छन् । चीनसँग हुने व्यापार सहजताका लागि तिङ्करमा अध्यागमन कार्यालय खोल्ने निर्णयको जिल्लावासीले स्वागतसमेत गरेका छन् । यही कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सीमा प्रशासन कार्यालय व्यास छाङ्गरु खारेज गर्ने तथा तिङ्करमा अध्यागमन कार्यालय राख्ने निर्णय गरेको थियो ।…