९ पुस २०८२, बुधबार | December 25, 2025

रुपन्देहीमा देशमै पहिलो ब्लड बैंक सफ्टवेयर तथा मोबाइल एप सुचारु

बुटवल । नेपाल रेडक्रस सोसाइटी, रूपन्देहीले आजबाट ब्लड बैंक सफ्ट्वयर तथा मोबाइल एप सञ्चालनमा ल्याएको छ । सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै रक्त सञ्चार सेवालाई पनि अत्याधुनिक, मितव्ययी, पारदर्शी तथा प्रबिधि मैत्री बनाउन सफ्ट्वयर र मोबाइल एप सञ्चालनमा ल्याइएको रेडक्रस रुपन्देहीले जनाएको छ । रक्त सञ्चार सफ्ट्वयर अन्तर्गत सम्पूर्ण डाटावेश, रक्तदान गरेका व्यक्तिलाई धन्यवाद, जन्मदिनमा शुभकामनासहित…