२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

दसैंमा रगतको अभाव हुन नदिने बुटवलमा रक्तदान



बुटवल । बडा दसैंको उपलक्ष्यमा लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको संयुक्त आयोजनान आइतबार बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । रक्त सञ्चार सेवा केन्द्र बुुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा ५३ यूनिट रगत संकलन भएको छ ।

हिन्दुहरुको महान पर्व बडा दसैंको ब्यस्ततामा हुन सक्ने रगत अभावलाई कम गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ बुटवल तिलोत्तमा कार्यक्रम संयोजक राजन कसजुले जानकारी दिए ।

रक्तदान कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष उपेन्द्रमान श्रेष्ठले रक्त दान जीवन दान भन्ने मूल नाराकासाथ कार्यक्रम आयोजना गरिएको बताए । उनले एक स्वस्थ मानिसका लागि रक्तदान आवश्यक रहेको उल्लेख गरे ।

सो अवसरमा बोल्दै लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीकी अध्यक्ष तारा श्रेष्ठले कसैले पनि रगत अभावमा अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यलाई सफल पार्न सचेतनाका लागि पनि रक्तदान कार्यक्रम आयोजना गरिएको बताइन ।

क्लबकोतर्फबाट बोल्दै कार्यक्रम संयोजक सुनिता श्रेष्ठले सामाजिक उत्तरदायित्वका लागि कार्यक्रम गरिएको उल्लेख गरिन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : ०५ बजे

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै

वर्षमानको चेतावनी – ‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्नुस्’

काठमाडौं । नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारलाई

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि