काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि आफ्नो क्षेत्रको वाग्मती सफाइमा जुट्न थालेका छन् । महानगरपालिका-९ का वडाध्यक्ष रामजी भण्डारीको नेतृत्वमा शनिबार तिलगङ्गा निलो पुलमा जनप्रतिनिधि बाग्मती सफाइमा केन्द्रित भएका थिए । बाग्मती सफाइ महाअभियानको ६१० औँ हप्तामा वडासदस्य टेकराज अधिकारी, रचना सुनाम, सृजना भेटवाल, कामनपा वडा नं ११ का अध्यक्ष हिरालाल तन्डुकारलगायत जनप्रतिनिधिको सक्रियतामा सफाइ गरिएको…