भक्तपुर । आगामी फागुन २१ गते हने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ आजदेखि सुरु भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतका आयोगका पदाधिकारीहरुको टोलीले आज जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइको अनुगमन एवं निरीक्षण गर्दै सो जानकारी दिएको हो । उनलाई केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले…