२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

सुन तोलाको १७ सय र चाँदी ८५ रुपैयाँले बढ्यो मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। मंगलबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा तीन लाख एक हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन तीन लाख एक सय रुपैयाँमा कारोबार भएको थियो।…