काठमाडौं । नेपाल रेडक्रस सोसाइटी(नेरेसो)ले बुधबार ६२औँ स्थापना दिवस मनाउँदै छ । सोसाइटीले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत यो वर्ष ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ स्थापना दिवस मनाउन लागेको उल्लेख गरेको छ । विज्ञप्तिमा नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाका रूपमा रहेको यस सोसाइटीका करिब ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवाका कार्यमा सक्रिय भएको जनाएको…