कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ ढोडेकोलमा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । आज फुटबल खेलर नुहाउन गएका दुई किशोरको कोइली खोलाको भूते रहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १६ वर्षीय प्रतीक भण्डारी र १५ वर्षीय सरोज सापकोटा रहेका छन् । खोलामा डुबेको देखेपछि स्थानीय र साथीहरूले तत्काल प्रहरीलाई खबर गरेका…