काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण पश्चातको प्रतिवेदन सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्यांकनमा उच्च अंक प्राप्त गर्ने तीन–तीन वटा गाउँपालिका र नगरपालिकासमेत सार्वजनिक गरेर पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ । स्वमूल्यांकन अनुसार नगरपालिकातर्फ नीलकण्ठ नगरपालिका (धादिङ), तिलोत्तमा नगरपालिका…