१५ पुस २०८२, मंगलबार | December 30, 2025

दुर्घटनाको जोखिममा राजमार्ग क्षेत्रका नागरिक

नेपालगन्ज । जिल्लाको राप्ती सोनारी गाउँपालिका–९ ढकेरीस्थित झिझरी खोला नजिक गत बिहीबार स्कुल बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु हुनुका साथै १३ खसी बाख्रा पनि मरेका थिए । पूर्व–पश्चिम राजमार्गमा कोहलपुरको चप्परगौडीस्थित ज्ञानकुञ्ज लिटिल बोर्डिङ स्कुलको बसले स्थानीय २६ वर्षीय गोविन्द ओलीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । सोही क्षेत्रमा गतवर्ष यात्रुबाहक बसको ठक्करबाट…