१६ श्रावण २०८३, शनिबार | August 1, 2026

स्वास्थ्यकर्मी र संक्रमितलाई पौष्टिक आहार र सुरक्षा सामग्री सहयोग गर्दै राप्रपाले मनायो स्थापना दिवस

बुटवल । राष्ट्रिय प्रजातान्त्र पार्टीको ३१औ स्थापना दिवस पारेर राप्रपा बुटवलले बुटवलको कोरोना विशेष अस्पतालमा पौष्टिक आहार र स्वास्थ्य सामाग्री वितरण गरेको छ। लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा अग्रपंक्तिमा रहेर विरामिहरुलाई सेवा दिनुहुने स्वास्थ्यकर्मी तथा उपचाररत विरामीहरुलाई पौष्टिक आहार र स्वास्थ्य सामाग्री वितरण गरिएको हो। कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य तोयानाथ…