बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखामा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त प्यानल विजयी भएको छ । महासंघ रुपन्देहीको अध्यक्षमा दिनेश पाण्डे ९५ मतका साथ विजयी भएका छन् । पाण्डेका प्रतिष्पर्धी समाजवादी प्रेस संगठन, नेपालका विनोद परियारले ७७ मत प्राप्त गरेका थिए । उनको पक्षमा प्रेस सेन्टरलगायत विभिन्न संगठनको समर्थन थियो ।…