नेपालगन्ज । काठमाडौंबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकोप्टर आज अपरान्ह बाँकेको राप्ती नदीको बगरमा आकस्मिक ल्याण्ड गरेको छ । काठमाडौंबाट उडेको हेलिकोप्टर नेपालगन्जमा तेल हालेर बैतडी जानेक्रममा मौसम खराब भएपछि राप्ती नदीको बगरमा आकस्मिक ल्याण्ड गरेको हो । खराब मौसमका कारण नदी बगरमा फोर्स ल्याण्ड गरेको बताइएको छ । बगरमा केही बेर होल्ड भएको…