झापा । खेलाडी उत्पादन गर्ने जिल्लाका रुपमा झापा परिचित छ । फुटबल, क्रिक्रेट, भलिबल, कराते, बक्सिङ, जुडो लगायतका खेलमा झापाका खेलाडीको राष्ट्रियस्तरमै दबदबा छ । क्रिक्रेटकी रुबिना क्षेत्री हुन् या फुटबलका हरि खड्का, झापाले खेलकुदको माध्यमबाट मुलुकको नाम चम्काउन दिएको योगदान अतुलनीय छ । तर जुन स्तरमा खेलाडीले सफलता पाउँदै आएका छन्, त्यसको तुलनामा झापामा…