२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

मातातीर्थ औंशीमा प्रधानमन्त्री ओलीले सम्झिए आमा



काठमाडौं । आजको आमाको मुख हेर्ने दिन अर्थात आमा खुवाउने औंशी । नेपालभरी तथा नेपाली हिन्दुभाषीहरू बिचमा यो कार्यक्रम आमालाई सम्झेर तथा आमालाई मिठा मिठा खाने कुरा खुवाएर मनाइने गरिन्छ ।

यसैबिचमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस दिनको सम्झना गरेका छन् । ‘मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ। मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो ।’

उनले लेखेका छन, ‘आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन। आमाको मुहार धमिलो सम्झनामा आइरहेछ । यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु । आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ । सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस्। शुभकामना ।’

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ८ : ५१ बजे

स्याफ्रुबेँसीमा आवतजावत सहज

रसुवा । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत

रुकुमपश्चिमको आठबिसकोटमा जिप दुर्घटना; दुई जनाको मृत्य, १३ घाइते

रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको

एनपिएल : कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै पोखरा एभेन्जर्सको सिजनकै पहिलो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई ६३

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

पर्सामा पटका पड्काउने क्रममा एक बालकको मृत्यु

वीरगन्ज । पर्सामा पटाका पड्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु