२३ बैशाख २०८१, आइतबार | May 6, 2024

रामपुरमा आयुर्वेद सेवालाई विस्तार गरिँदै

रामपुर । आयुर्वेद पद्धतिको उपचार सेवा विस्तार गर्न पूर्वाधार विकासमा जोड दिइएको छ । नागरिकको आवश्यकता र सेवाको क्षेत्र फराकिलो बनाउँदै रामपुरमा १५ शय्याको आयुर्वेद अस्पताल भवन निर्माण कार्य धमाधम चलिरहेको छ । रामपुर नगरपालिका-५ स्थित आयुर्वेद औषधालयको भवन स्तरोन्नति गरी सोही ठाउँमा १५ शय्याको अस्पताल निर्माण कार्य भइरहँदा कालीगण्डकीबेँसीका स्थानीय उत्साहित बनेका छन् ।…