काठमाडौं । साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ए को अन्तिम खेलमा आज नेपालले बंगलादेशको सामना गर्दै छ । दुबै टोली यसअघिनै सेमिफाइनलमा प्रवेश गरिसकेका कारण यस खेलपछि समूह विजेताको टुङ्गो लाग्ने छ । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १-० ले पराजित गरेको थियो । आज घरेलु समर्थक माझ नेपाली टोली ३ अंकका साथ समूह…