१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

गल्छी-रसुवागढी सडक अवरुद्ध



नुवाकोट । सडकमा ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण गल्छी-रसुवागढी सडकमा यातायात सञ्चालन बन्द भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जेजङ्ग कार्कीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका-८ स्थित ठूलोखोला नजिक सडकमा खसेको ठूलो ढुङ्गासहितको पहिरोले ‘डेडिकेटेड डबल लेन’को सडक पूर्ण रूपमा बन्द भएको छ ।

देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आवतजावत गर्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही रुटको आसपासमा वैकल्पिक सडक नभएको हुँदा यातायातका साधन आवातजावत गर्न समस्या भएको छ ।

धादिङको गल्छीबाट नुवाकोटको त्रिशूली तथा रसुवागढी हुँदै केरुङ जानुपर्ने सवारीसाधन गल्छीबाट काठमाडौँ नै पुगेर टोखा-छहरे सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

बुधबार राति खसेको पहिरोसँगैको ठूलो ढुङ्गा हटाउन ‘ब्रेकर’ लगाउनुपर्ने भएकाले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको गल्छी-रसुवागढी सडक योजना कार्यालयका प्रमुख धुव्रकुमार श्रेष्ठले जानकारी दिए । पहिरो पन्छाउन आज बिहानदेखि भारी उपकरणसहितको जनशक्ति परिचालन गरिएको छ ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ९ : ०० बजे

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौं । सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट रु

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा

‘अर्नब’प्रभावबाट कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली

भुटानमा शिंताफू हिमताल फुट्यो, लाया क्षेत्र सडक सम्पर्कविहीन

काठमाडौं । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि