७ पुस २०८२, सोमबार | December 22, 2025

कर्णाली नदीको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १४ खच्चर फसे

काठमाडौं । दैलेख र अछाम जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लठ्ठा चुँडिँदा १४ वटा खच्चर पुलमा फसेका छन् । दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलको एक लठ्ठा चुँडिएपछि खच्चर पुलमै फसेका हुन् । ती खच्चर आइतबार बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको राकम बजार आउँदै थिए । लठ्ठा चुँडिएपछि…