५ श्रावण २०८३, मंगलबार | July 21, 2026

गणतन्त्रको रक्षा र राजावादी आन्दोलनबारे रास्वपा मौन, प्रमुख सचेतक सवार गाडी राजावादीहरुबाट आगजनी



काठमाडौँ । गणतन्त्रको रक्षाको आन्दोलन र राजतन्त्रको पुनस्र्थापनाको आन्दोलनका बारेमा मौन बसेको राष्ट्रि स्वतन्त्र पार्टीका प्रमुख सचेतक सवार गाडीलाई राजावादीहरुले जलाइदिएका छन् । राजावादीहरूले रास्वपाका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी जलाइदिएका हुन् ।

आज संसद्को काम कारबाही सकेर घर फर्कने क्रममा बालकुमारीमा राजावादीहरूले गाडी जलाइदिएको सचेतक परियारले जानकारी दिए । उनले भने, “भक्तपुरस्थित घर फर्किँदै गर्दा बालकुमारीस्थित सिसीआरसी कलेज अगाडि पुगेपछि राजावादी प्रदर्शनमा संलग्न भएका व्यक्तिहरूले रोकेर गाडी जलाइ दिएका छन् ।” उनीहरूले परियार चढेको १३८२ नम्बरको गाडी जलाई दिएका हुन् ।

गणतन्त्रको रक्षा र राजावादीको आन्दोलन चर्किँदै जाँदा पनि रास्वपाले आफ्नो धारणा सार्वजनिक गरेको छैन । रास्वपा सभापति रवि लामिछाने बेला अएपछि बोल्ने भनेपनि अहिले सम्म रास्वपाको साजनीतिक धारणा सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ९ : ५५ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत