१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

न्युरोडमा फुटपाथ विस्तारको विरोधमा सडकबाटै काम

काठमाडौं । यहाँको न्युरोडमा फुटपाथ विस्तारको विरोधमा काठमाडौं महानगरपालिका-२२ ले आज पनि सडकबाटै नागरिकलाई सेवा दिने जनाएको छ । आइतबारदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन् । उक्त कार्यलाई आज पनि निरन्तरता दिने वडाध्यक्ष महर्जनले राससलाई जानकारी दिए । उनले भने, “वडावासीको माग सम्बोधन नभएसम्म नागरिकको सेवा सडकबाट सञ्चालन गर्नेछौँ…