लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा आठौँ वर्षाबास तथा धार्मिक अनुष्ठान सुरुआत भएको छ । लुम्बिनीस्थित राजकीय बौद्ध विहारमा आइतबार आयोजित कार्यक्रममा विहारका संरक्षक भीक्षु सागर धम्मले शील पाठ गरेर वर्षाबासको आरम्भ गरे । भिक्षु धम्मले वर्षाबास कार्यक्रमले बुद्धको उपदेशहरूको ज्ञान लिन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, “नेपालीहरूलाई विश्वभर बुद्धको देशका मानिस भनेर…