२३ बैशाख २०८१, आइतबार | May 5, 2024

सिनामंगलस्थित बिष्णु मन्दिरको परिसरमा एक जना पुरुषको शव फेला

काठमाडौंको सिनामंगलस्थित बिष्णु मन्दिरको परिसरमा एक जना पुरुषको शव भेटिएको छ । ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामी बेवारिसे अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । विहीबार विहान भेटिएको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।