काठमाडौँ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर पाएको बताएका छन् । सामाजिक सञ्जाल मार्फत प्रचण्डले आफ्नो नेतृत्वको सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने मन्त्रीहरू, सङ्घीय संसदका सदस्यहरू, संवैधानिक आयोगका पदाधिकारीहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूलाई…