बुटवल । बुटवलको कालिकानगरस्थित कालिका पथमा वैधानिक फार्मेसी खोलेर अवैधानिक कार्य गरेको अभियोगमा एकजना फार्मेसी संचालकलाई बुटवल प्रहरीले पक्राउ गरेको छ । कालिकापथमा संचालनमा रहेको बैदवार फार्मेसीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो । फार्मेसीबाट डाक्टरको सिफारिसबिना औषधी बिक्री वितरण गर्ने गरेको र नेपालमा प्रतिबन्धित विभिन्न औषधि मिलाएर लागुऔषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको अभियोगमा…