१३ भदौ २०८३, शनिबार | August 29, 2026

पर्यटक बढेपछि रुद्रतालको संरक्षण गर्दै ढोरपाटन



बागलुङ । ढोरपाटन उपत्यका नजिकै पर्छ रुद्रताल । र्तिबाङ-ढोरपाटन सडक छेउमै पर्ने यस तालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । धार्मिक महत्वसँग जोडिएको ताल पर्यटकको रोजाइमा पर्न थालेपछि ढोरपाटन नगरपालिकाले समेत संरक्षण गर्न थालेको छ ।

चालु आर्थिक वर्षमा ढोरपाटन नगरपालिकाले विजियोजन गरेको२५ लाखबाट ताल संरक्षणको काम अघि बढाइएको उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिए । जङ्गलको बीचमा रहेको रुद्रताल प्राकृतिक रूपमै सुन्दर रहेको र त्यसलाई थप व्यवस्थित गर्न थालिएको उनले बताए ।

उक्त बजेटले यस वर्ष सडकदेखि तालसम्म रेलीङसहितको पदमार्ग, खानेपानी र घेराबार गरिने तयारी भएको उपप्रमुख कायतले बताएका छन् । यसअघि पनि ताल संरक्षणको काम गरिए पनि अझै व्यवस्थित हुन नसेको भन्दै उनले पर्यटकका लागि स्वच्छ खानेपानी र विश्राम स्थल निर्माणका विषयमा पनि कुरा भइरहेको सुनाए ।

‘यो ताल धार्मिक आस्थासँग पनि जोडिएको छ, पहिले सडकले नजोडिँदा ओझेलमा थियो, अहिले ताल नजिकैबाट ढोरपाटन उपत्यका पुग्ने सडक बनेकाले सिकार आरक्ष क्षेत्रमा पुग्ने हरेक पर्यटकले तालको अवलोकन गरेकै हुन्छन्, यसको संरक्षण गर्नका लागि हामीले प्रयास गरेका छौँ । यस वर्ष केही काम हुन्छ, बाँकी आगामी दिनमा गर्नेछौँ’, उपप्रमुख कायतले भने ।

तालमा वन्यजन्तुले पानी पिउन आउने हुँदा पर्यटकले नजिकैबाट अवलोकन गर्न सक्छन् । पछिल्लो समय यहाँ तालसँगै मृग, घोरललगायत वन्यजन्तु नजिकैबाट अवलोकन गरेर पर्यटकले थप आनन्द लिन थालेका छन् । भुजीखोलाको शिरमा पर्ने यो तालबाट बग्ने पानीले स्नान गर्दा छालासम्बन्धी रोग लाग्दैन भन्ने जनविश्वाससमेत रहेकाले पर्यटन प्रवर्द्धनमा थप टेवा पुगेको छ ।

नेपालकै एक मात्र ढोरपाटन सिकार आरक्ष जाने सडकसँग जोडिएपछि पछिल्लो समय ताल धेरैको रोजाइमा पर्न थालेको नगरपालिका-९ का वीरबहादुर घर्तिमगरले बताए ।

एक दशक अगाडिसम्म सुनसान रहेको तालमा हाल पर्यटकको निकै चहलपहल बढेको उनको भनाइ छ । ताल वरपर बगैँचा, प्रतीक्षालय, शौचालय र खानेपानीको व्यवस्थापन गर्न सकेमा धेरै सहज हुने र आकर्षण थप बढ्ने घर्तिमगरको भनाइ छ ।

‘रुद्रताल यस क्षेत्रकै चर्चित ताल हो, जङ्गलको बीचमा यति सुन्दर ताल छ, यसको अझै प्रचारप्रसार र प्रवर्द्धन आवश्यक छ,’ उनले भने, ‘तालमा पानी सुक्न थालेको छ, के कारणले यस्तो भएको हो बुझ्न सकिएको छैन । ताल सुक्यो भने त अस्तित्व नै समाप्त हुन्छ, सरोकार भएका निकायले यसतर्फ ध्यान दिनुपर्छ ।’

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ७ : १४ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण